Skip to main content

Posts

Showing posts from December, 2013
" आकृति भई आउँछौ तिमी " आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ ! तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !! शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ ! छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी ! मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !! कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी ! समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई