Skip to main content

Posts

" गोगलमा नि खोजें तिमीलाई " गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !! फेसबुक,ट्वीटर,निम्बाज,पनि सबैतिर डुलें ! डुल्दा-डुल्दै थकाई लाग्यो हिड्ने बाटै भुलें- सानु हिड्ने बाटै भुलें !! युतुव,भाइबर,स्कैपमा सर्च गर्दै खोजें ! काहीं कतै नदेखेछी अन्तै बाटो रोजें -सानु अन्तै बाटो रोजें !!! गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!! मुटुभित्र तिम्रै मायाँ म जहाँ गए पनि ! नसम्झनु फेरी तिमी कहाँ गयो भनि -सानु कहाँ गयो भनि !! जन्म लिन्छु तिम्रै निम्ति अर्को जुनी पनि ! नखोज्नु है कहीं-कतै हरायो कि भनि - सानु हरायो कि भनि !!!! गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!! उही :- बिरही सोमु बान्तवा राई पांचथर नेपाल हाल :- अल-ऐन युएई