Skip to main content

Posts

-: कल्पनाको सुन्दर संसार :- केवल तिम्रै सम्झनामा समर्पण दुई शब्दहरु सम्प्रेषण गर्दैछु ! केवल स्वीकार्नु है ! जो छौ यी मेरा अदृश्य मुटुभित्र !!! प्रिय सानु !!! " गित " हाँसे पनि गितै बन्छ रोए पनि गितै ! जति टाडा जीवन भए यो मन तिमीसितै ! सम्झनाले सताउँदा मुटु छामी रुन्छु ! नियाँलेर हर्दा त्यहाँ तिमीसंगै हुन्छु ! होइन रहेछ बास्तबिकता कल्पना पो रहेछ ! यथार्थमा फर्कंदा त झसंग पो हुन्छु !! हाँसे पनि गितै बन्छ रोए पनि गितै ! जति टाडा जीवन भए यो मन तिमीसितै ! तिम्रो यादमा कल्पी-कल्पी कतिदिन बस्नु ! चांडै आउंछु तिम्रो साथमा रुन अनि हाँस्नु ! अनमोल मायाँ मुटुभित्र संधैभरी साँच्नु ! आकृतिका फोटोहरु मुटुमाँझ टाँस्नु! हाँसे पनि गितै बन्छ रोए पनि गितै ! जति टाडा जीवन भए यो मन तिमीसितै !!!!!!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल : अल-ऐन यूएई
आमा शिर झुकाई सेवा ढोग गर्दछु  !!! हे प्यारी आमा शिर झुकाई मेरो सेवा ढोग हजुरलाई ! बिरानो ठाउँमा बिपत्ति पर्दा बचाउनु हजुर आई ! आमा बचाउनु हजुर आई !! दश महिना गर्भ दश धारा दुध दिई हुर्कायौ हातैमा ! हे मेरी आमा नभए साथमा छ आशिर्बाद साथैमा ! आमा आशिर्बाद साथैमा !! सृष्टिकर्ता जीवनदाता सेवा ढोग जननी आमालाई ! टेकाई धर्ति दिएर अर्थि भोकभोकै बसी हुर्कायौ हामीलाई ! आमा हुर्कायौ हामीलाई !! हजुरको डु:खी छोरा सोमु बान्तवा राई