Skip to main content

आमा शिर झुकाई सेवा ढोग गर्दछु !!!

हे प्यारी आमा शिर झुकाई मेरो सेवा ढोग हजुरलाई !
बिरानो ठाउँमा बिपत्ति पर्दा बचाउनु हजुर आई ! आमा बचाउनु हजुर आई !!

दश महिना गर्भ दश धारा दुध दिई हुर्कायौ हातैमा !
हे मेरी आमा नभए साथमा छ आशिर्बाद साथैमा ! आमा आशिर्बाद साथैमा !!

सृष्टिकर्ता जीवनदाता सेवा ढोग जननी आमालाई !
टेकाई धर्ति दिएर अर्थि भोकभोकै बसी हुर्कायौ हामीलाई ! आमा हुर्कायौ हामीलाई !!

हजुरको डु:खी छोरा
सोमु बान्तवा राई

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai