Skip to main content

Posts

akriti

" आकृति भई आउँछौ तिमी " आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ ! तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !! शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ ! छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी ! मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !! कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी ! समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई

miss you

" तिम्रै नामको हजार फुल " सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! तिम्रै यादको संसारमा सारा लक्ष मोडीदिन्छ ! कता-कता यो मुटु नि तिमीभित्र जोडी दिन्छ !! कल्पनाको सारा मोड तिमिभित्रै भुलीदिन्छ ! सप्तरंगी फ़ुल बनि मुटुभित्रै फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! त्यहींभित्र तिमीलाई फेरी यो आँखाले हेरिरहन्छ ! फ़नन फन्को मार्दै त्यो मायाँले बेरिरहंछ !! त्यसैले त आफ्नै जीवन तिमिभित्रै भुलीदिन्छ जगमगाउने सुवासिलो फुल बनि फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :-अल-ऐन युएई

smile

(तिम्रै निम्ति हाँसीरहन्छु) सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु ! मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !! बेदनाको प्यास लागे यो आँशुको पानी पिउंछु ! छटपटी भै ढले पनि तिम्रै नाम लिई फेरी जीउँछु !! जति चोट दिए पनि भित्रै लुकाई हाँसीरहन्छु ! तिरस्कार नै गर तिम्ले अनमोल मायाँ गाँसीरहन्छु !! सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु ! मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !! क्षितिजभित्र नियाल्दा नि आकृति त्यो तिम्रै पाउँछु ! तिम्रै नामको शब्द लिई भावनाको गित गाउँछु !! सुन्दर मनको बगैंचामा बसी एक्लै हाँसीरहन्छु ! यो जुनीमा तिम्लाई नपाए नि तपश्यमै बसिरहन्छु !! सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु ! मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !!!!!!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- अल-ऐन युएई

Happy New Year kirat yele dong kirat lipi/सोमु एवाई बान्तवा राई पांचथर म...

Happy New Year Kirati