Skip to main content

smile

(तिम्रै निम्ति हाँसीरहन्छु)
सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु !
मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !!
बेदनाको प्यास लागे यो आँशुको पानी पिउंछु !
छटपटी भै ढले पनि तिम्रै नाम लिई फेरी जीउँछु !!
जति चोट दिए पनि भित्रै लुकाई हाँसीरहन्छु !
तिरस्कार नै गर तिम्ले अनमोल मायाँ गाँसीरहन्छु !!
सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु !
मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !!
क्षितिजभित्र नियाल्दा नि आकृति त्यो तिम्रै पाउँछु !
तिम्रै नामको शब्द लिई भावनाको गित गाउँछु !!
सुन्दर मनको बगैंचामा बसी एक्लै हाँसीरहन्छु !
यो जुनीमा तिम्लाई नपाए नि तपश्यमै बसिरहन्छु !!
सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु !
मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !!!!!!!!!!
सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- अल-ऐन
युएई

Comments

Popular posts from this blog

Kirat Rai

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम

Kirat Rai Awai