Skip to main content

Comments

  1. " समय आफै बोल्दछ "

    विश्वलाई जित्ने प्रखर योद्दा हुँ म !
    पारुहाङ् सुम्निमाको आशिर्बाद छ ममाथि !!
    नेपालमा जन्मेको सत्यमार्गी बुद्ध हुँ म !
    नेपाल आमाको मायाँ ममता छ ममाथि !!

    भेदभाव घृणा तिरष्कार नगरौं कसैमाथि !
    आखिर मानव नै त हौँ सबै जातजाति !!
    अहमता र अतिवादलाई त्यागौं अब !
    अटाउने छन् यहाँ सबै शाखा सन्तति !!!

    सोमु बान्तवा राई पाँचथर नेपाल
    हाल : अल-ऐन यूएई

    ReplyDelete
  2. " आकृति भई आउँछौ तिमी "



    आकृति भई आउँछौ तिमी आँखा वरीपरी !
    क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!

    झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ !
    तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !!
    शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ !
    छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!!

    आकृति भई आउँछौ तिमी आँखा वरीपरी !
    क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!

    सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी !
    मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !!
    कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी !
    समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!!

    आकृति भई आउँछौ तिमी आँखा वरीपरी !
    क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!!


    सोमु बान्तवा राई पाँचथर नेपाल
    हाल: अल-ऐन
    युएई

    ReplyDelete
  3. " सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा "



    सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा !
    सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!

    थकाई लागे प्रिय तिमीलाई दिउँला सितल छायाँ !
    दिनु मलाई प्रिय तिमीले संधै अनमोल मायाँ !!
    अमृत बनि बस्यो मायाँ हृदयको माँझमा !
    सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!

    सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा !
    सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!

    आँशु होइन प्रिय मलाई मिठो मायाँ दिनु !
    सपनीमा संधै आउँला प्रिय तिमीलाई लिनु !!
    सम्झनाले छाती पोल्छ कलेजी यो माँझमा !
    आकृति भै आउंछु भेट्न मिर्मिरे र साँझमा !!

    सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा !
    सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!!!!

    सोमु बान्तवा राई पाँचथर नेपाल
    हाल :- दुबाई अल-ऐन
    युएई

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Kirat Rai

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम

Kirat Rai Awai