Skip to main content

somu rai awai

"के सक्थे होला"

के सक्थे होला तिमीलाई भुल्न यो मुटु नभए !
यहि मुटु छ र सक्दिन भुल्न  तिमीलाइ मैले मै मरि नगए !!

लाखौंलाख जुनि दुई आत्मा एउटै भावना जोडेर !
बसौंला संधै यी धर्तीमाथी यी आकाश ओडेर !!
सजाईराख्छु यो मायां तिम्रो हृदय खोलेर !
सजाउंला संसार हांस्दै र रुंदै दुई आत्मा जोडेर !!

सुख,र दुख संसंगै जिउंला संघर्ष गरेर !
मिलनको गाथा कोरेर राखौं संगित भरेर !!
आशाका दिप जलाईराखौं हर जांघर तरेर !
यो मायां हाम्रो अमर रहोस जीवन गए नि मरेर !!!

के सक्थे होला तिमीलाई भुल्न यो मुटु नभए !
यहि मुटु छ र सक्दिन भुल्न  तिमीलाइ मैले मै मरि नगए !!!!

उही :-
क्षितिजपारीको प्रदेशी 
सोमु एवाईछा बान्तवा राई
पाँचथर नेपाल हाल:- अलऐन युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई