" सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा " सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! थकाई लागे प्रिय तिमीलाई दिउँला सितल छायाँ ! दिनु मलाई प्रिय तिमीले संधै अनमोल मायाँ !! अमृत बनि बस्यो मायाँ हृदयको माँझमा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! आँशु होइन प्रिय मलाई मिठो मायाँ दिनु ! सपनीमा संधै आउँला प्रिय तिमीलाई लिनु !! सम्झनाले छाती पोल्छ कलेजी यो माँझमा ! आकृति भै आउंछु भेट्न मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- दुबाई अल-ऐन युएई