Skip to main content
" गोगलमा नि खोजें तिमीलाई "


गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें !
कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!

फेसबुक,ट्वीटर,निम्बाज,पनि सबैतिर डुलें !
डुल्दा-डुल्दै थकाई लाग्यो हिड्ने बाटै भुलें- सानु हिड्ने बाटै भुलें !!
युतुव,भाइबर,स्कैपमा सर्च गर्दै खोजें !
काहीं कतै नदेखेछी अन्तै बाटो रोजें -सानु अन्तै बाटो रोजें !!!

गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें !
कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!!

मुटुभित्र तिम्रै मायाँ म जहाँ गए पनि !
नसम्झनु फेरी तिमी कहाँ गयो भनि -सानु कहाँ गयो भनि !!
जन्म लिन्छु तिम्रै निम्ति अर्को जुनी पनि !
नखोज्नु है कहीं-कतै हरायो कि भनि - सानु हरायो कि भनि !!!!

गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें !
कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!!

उही :- बिरही
सोमु बान्तवा राई पांचथर नेपाल
हाल :- अल-ऐन
युएई 

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई