Skip to main content

somu rai:

" सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा "



सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा !
सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!

थकाई लागे प्रिय तिमीलाई दिउँला सितल छायाँ !
दिनु मलाई प्रिय तिमीले संधै अनमोल मायाँ !!
अमृत बनि बस्यो मायाँ हृदयको माँझमा !
सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!

सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा !
सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!

आँशु होइन प्रिय मलाई मिठो मायाँ दिनु !
सपनीमा संधै आउँला प्रिय तिमीलाई लिनु !!
सम्झनाले छाती पोल्छ कलेजी यो माँझमा !
आकृति भै आउंछु भेट्न मिर्मिरे र साँझमा !!

सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा !
सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!!!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- दुबाई अल-ऐन
युएई

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai