Skip to main content
" छामीहेर मुटुभित्र "

छामीहेर मुटुभित्र ढुकढुकी भै बसिरहन्छु !
तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!

तिम्रो मनको बगैंचामा फुल बनि फुलीरहन्छु !
हराउँछु म तिमीभित्रै सारा संसार भुलीदिन्छु !!
के जादु छ तिमीभित्र भित्र-भित्रै हराईरहन्छु !
तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!

कोमल तिम्रो मुटुभित्र धड्कण बनि खेलिरहन्छु !
हजार जन्म पाए पनि तिम्रै नाममा अर्पिदिन्छु !!
तिम्रो मिठो स्पर्शमा मनको भाव बहाईदिन्छु !
तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!!तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!!तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!!

सोमु बान्तवा राई पांचथर नेपाल
हाल :-अल-ऐन
युएई
१२.०७.२०१४

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai