Skip to main content
" स्वागत गर्ने संसारलाई "

स्वागत गर्ने संसारलाई चुमुलुङ्मा हाँसी-हाँसी !
रमाउँछौं यहीं हामी साकेला र धानै नाँची !!

साकेला र धानै नाच्दै मुन्धुम गाउँदै मायाँ गाँस्ने !
सुन्दरता यो दृश्यले त विश्व सारा संसार हाँस्ने !!
प्रकृति यो सुन्दरतामा रम्दै खेल्दै हामी बस्ने !
मनोरम त्यो दृष्टान्तलाई हेरी-हेरी संसार हाँस्ने !!

स्वागत गर्ने संसारलाई चुमुलुङ्मा हाँसी-हाँसी !
रमाउँछौं यहीं हामी साकेला र धानै नाँची !!

यहि दृश्यको स्पर्शमा चुम्दै खेल्दै मायाँ गांसौं !
निष्कलंक मायाँ हाम्रो जीवनभरी संगै बसौं !!
अमृत बनि बसिरहोस मुटुभित्र हाम्रो मायाँ !
जीवनभरी नछुटोस यै मायाँको छत्रछायाँ !!!

स्वागत गर्ने संसारलाई चुमुलुङ्मा हाँसी-हाँसी !
रमाउँछौं यहीं हामी साकेला र धानै नाँची !!!!!!

सोमु बान्तवा राई
पाँचथर
हाल :- अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई