Skip to main content
''मिर्मीरेको किरण बनि''

मिर्मीरेको किरण बनि तिम्लाई भेट्न आउँला !
जीवनभरी संगै जीउने अनमोल मायाँ लाउँला !!

दुई दिनलाई होइन मायाँ जुनिभरि जिउने !
झरे आँशु यो मायाँको अमृत मानि संगै पिउने !!
फाटे मुटु यो मायाँले दुई आत्माले फेरी सिउंला !
हजार पिडा सहि बरु पबित्र त्यो मायाँ दिउँला !!

मिर्मीरेको किरण बनि तिम्लाई भेट्न आउँला !
जीवनभरी संगै जीउने अनमोल मायाँ लाउँला !!

दुख शुख संगै जिउँला दुई मुटुलाई जोडी !
जनम-जनम नचुंडियोस पिरतीको डोरी !!
विश्वाशको बन्धनले बाँधिरहोस सँधैभारी !
आएँ मत तिरो सामु संगै जिउने बाचा गरी !!

मिर्मीरेको किरण बनि तिम्लाई भेट्न आउँला !
जीवनभरी संगै जीउने अनमोल मायाँ लाउँला !!
मिर्मीरेको किरण बनि..................................!!!!!!

Comments

Popular posts from this blog

Kirat Bantawa Rai (risiya) Somu Bantawa Rai Panchthar Sarang Danda

pradeshiko bastabik jivan katha photo clips,by somu bantawa rai panchtha...