Skip to main content
" गित "

( मस्तिष्कको यान्त्रले )

मस्तिष्कको यान्त्रले नियाल्दैछु तिम्रो संसार !
काटीजाने होकी भनि दुई आत्मालाई जोड्ने भन्सार !!

काटीजाने जाने भए भने पिलर गाडी छेकिदिन्छु !
हामी बिजको अनमोल नाता रगतले लेखिदिन्छु !!
तिमीभित्रै देख्छु म त सुन्दर हाम्रो सारा संसार !
नातोड़नु है प्रिय तिम्ले दुई मुटुलाई जोड्ने भन्सार !!

मस्तिष्कको यान्त्रले नियाल्दैछु तिम्रो संसार !
काटीजाने होकी भनि दुई आत्मालाई जोड्ने भन्सार !!

भौतिक संसार घुम्दै जाँदा तिम्रो नजिक हुन आएँ !
जिन्दगीको सारा खुशी तिमीभित्रै मैले पाएँ !!
दुई मनलाई जोडी अब बसालौंला सुन्दर संसार !
विश्वाशको बन्धनले बाँधीराखौं दुई किनारी जोड्ने भन्सार !!

मस्तिष्कको यान्त्रले नियाल्दैछु तिम्रो संसार !
काटीजाने होकी भनि दुई आत्मालाई जोड्ने भन्सार !!!!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई