Skip to main content
" तिम्रो यादमा यी मनका तरंगहरु "

मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ !
मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !!

सार्थक रुप भेट्छु तिम्रो नियालेर त्यहाँ हेर्दा !
काल्पनिकताभित्र रहेछु झसङ्ग भै खुल्दा पर्दा !!
पुछिदिन्छौ हत्केलाले गहबाट आँशु झर्दा !
दिईरहन्छौ सान्त्वना विपति भै एक्लो पर्दा !!

मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ !
मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !!

पाउँछु तिमीलाई त्यहीभित्र मुटु छामी त्यहाँ हेर्दा !
आँखाभरी आँशु हुन्छ यथार्थमा कोल्टो फेर्दा !!
फुट्छ त्यहाँ ज्वालामुखी चैते आँधीबेहरी !
सम्हालीन्छु आफै फेरी भौतिक संसार हेरी !!!

मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ !
मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !!! ३ !!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल: अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई