Skip to main content
" अतितको सम्झनामा "

इभाङ्ग इलाम माङ्गमालुङ्गमा सत्यहाङ्गमा बन !
ख्याल-ख्याल गर्दै गाई चराउँदै चोरी हाल्यौ मन !!

गजुरमुखी माइबेनीमा धानै नाचौँला !
मुन्धुम गाउँदै दिल खोली मायाँ गासौंला !!
दुई दिल मिलाई जीवनभरी संगै बसौंला !
शुख,दु:ख जे-जे पर्ला संगै रुँदै हाँसौंला !!

इभाङ्ग इलाम माङ्गमालुङ्गमा सत्यहाङ्गमा बन !
ख्याल-ख्याल गर्दै गाई चराउँदै चोरी हाल्यौ मन !!

इलाम बजार मंगलबारे संगै भरौंला !
दुई मुटुलाई जोडी सुन्दर घरजम गरौंला !!
श्री अन्तुमा झुल्के घामको दर्शन गर्न जाउँ !
कच्चा शरीर दुई दिन हाम्रो संगै काट्न पाउँ !!!

इभाङ्ग इलाम माङ्गमालुङ्गमा सत्यहाङ्गमा बन !
ख्याल-ख्याल गर्दै गाई चराउँदै चोरी हाल्यौ मन !!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल: अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई