Skip to main content

" गित "

ओइलीजाने फुल जस्तै \

ओइलीजाने फुल जस्तै हाम्रो छोटो जीवन !
प्रतिक्षामै बस्दा बस्दै बित्ने हो कि यो मन !!

फर्की फेरी कहाँ आउँछ हुर्किजाने जीवन !
कहिले होला फेरी हाम्रो दुई आत्माको मिलन !!
कता-कता भक्कानिन्छ भित्र-भित्रै यो मन !
यसै गरी बित्ने हो कि अधुरो यो जीवन !!

ओइलीजाने फुल जस्तै हाम्रो छोटो जीवन !
प्रतिक्षामै बस्दा बस्दै बित्ने हो कि यो मन !!

जीवन हाम्रो दुई दिनको साथी मनको ब्याथा !
पुरा हुन्न कहिले पनि बिरह र बेदनाको कथा !!
परिभाषा यस्तै रहेछ दुई दिन जीउने जीवन !
बेदनाले थाकिसक्यो अनायासै यो मन !!

ओइलीजाने फुल जस्तै हाम्रो छोटो जीवन !
प्रतिक्षामै बस्दा बस्दै बित्ने हो कि यो मन !!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई