Skip to main content
" तिम्रो छहारीमा "


शितल तिम्रो छहारीमा थकाई मार्न आईदिएँ !
केहि बेर थकाई मारी मनको बह गायीदिएँ !!

भौतिक संसार घुम्दै जांदा तिम्रो सामु आईदिएँ !
मनको भाव पोख्दै जाँदा तिम्रै नजीक भैदिएँ !!
ब्याग्रताले छटपटिन्दा कतै तिम्रै छायाँ रोजें !
मनको भारि बिसाउने चौंतारी तिमीलाई नै रोजें !!

शितल तिम्रो छहारीमा थकाई मार्न आईदिएँ !
केहि बेर थकाई मारी मनको बह गायीदिएँ !!

गन्तव्यहीन पाइलाहरु अनायसै मोडीदिन्छ !
तिम्रो मिठो सम्झनामा यो मन त्यसै उडीदिन्छ !!
जानु अब कहाँ मैले तिम्रो शितल तिम्रै साथ छ !
सुनौलो त्यो दिनमा पनि अन्धकारको रात झैं लाग्छ !!!!

शितल तिम्रो छहारीमा थकाई मार्न आईदिएँ !
केहि बेर थकाई मारी मनको बह गायीदिएँ !!!!!!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :-अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई