Skip to main content
आफ्नै गाउँठाउँको सटकट परिचयात्मक 
" गित"

घर हाम्रो पाँचथर सराङ्ग तिन 
आउनु है घुम्न कुनै दिन 
भेट हुने भन्ज्याङ् चौतारी
गफ गरी बसौं केहि छिन

एक नम्बर सेवा दुई पर्यो
सिङ्गहाङ्ग ढुंगे गाउँ
एकै छिन बसौं भेटैमा
के पर्यो कान्छी तिम्रो नाउँ
चार पर्यो हाम्रो त्यो सराङ्ग
पाँच नम्बर राम्रो सल्लेरी नाकेदिम
दुई मुटु मिले मायाँ लाई घुम्न जाउँ बसमा त्यो फिदिम

घर हाम्रो पाँचथर सराङ्ग तिन
आउनु है घुम्न कुनै दिन
भेट हुने भन्ज्याङ् चौतारी
गफ गरी बसौं केहि छिन

छ नम्बर त्यहीं ओयोक्मा
सात पर्यो माथी निगाले
साथ देओस हाम्रो मायाँलाई
त्यो देवी सिध्द सिंहले
आठ फेरी लसुने सप्तमी
नौ पारी ओलने सिमाना
मायाँ लाईराखौं सोल्टिनी ज्यु दुई दिनको छोटो जीवनमा

घर हाम्रो पाँचथर सराङ्ग तिन
आउनु है घुम्न कुनै दिन
भेट हुने भन्ज्याङ् चौतारी
गफ गरी बसौं केहि छिन

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- युएई

Comments

Popular posts from this blog

Kirat Bantawa Rai (risiya) Somu Bantawa Rai Panchthar Sarang Danda

pradeshiko bastabik jivan katha photo clips,by somu bantawa rai panchtha...