Skip to main content
स्पेसली मेरो मुटुको ढुकढुकी प्रिय सानुप्रति समर्पण !!

प्रिय सानु 

" जहाँ गए नि "

जहाँ गए नि तिम्रै सामु आवाज बनि आईदिउँला !
त्यहि आवाजमा बिरही यो मनको बह गायीदिउँला !!

मिर्मिरेमा भए तिमी किरण बनि आईदिउँला !
गोधुलीमा भए तिमी स्पर्ष भै चुमीदिउँला !!
बगैंचामा भए तिमी भमरा भै घुमिदिउंला !
घुम्दै जाँदा यो मन मिले मायाँको जाल बुनिदिउंला !!

जहाँ गए नि तिम्रै सामु आवाज बनि आईदिउँला !
त्यहि आवाजमा बिरही यो मनको बह गायीदिउँला !!

फुल जस्तै फुले तिमी सुगन्ध भै बास्ना दिउँला !
मग्मगाउने फुलसरि जीवनभरी संगै जीउँला !!
हावासरी उडे तिमी पहाड बनि छेकिदिउँला !
पबित्र यो हृदयमा अनमोल मायाँ लेखिदिउंला !!! प्रिय सानु तिम्रै नाम लेखिदिउंला !!!! तिम्रै नाम लेखिदिउंला !!!! 


सोमु एवाईछा बान्तवा राई पाँचथर नेपाल 
हाल :- युएई 

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई

kirat rai khambu