Skip to main content
स्पेसली मेरो मुटुको ढुकढुकी प्रिय सानुप्रति समर्पण !!

प्रिय सानु 

" जहाँ गए नि "

जहाँ गए नि तिम्रै सामु आवाज बनि आईदिउँला !
त्यहि आवाजमा बिरही यो मनको बह गायीदिउँला !!

मिर्मिरेमा भए तिमी किरण बनि आईदिउँला !
गोधुलीमा भए तिमी स्पर्ष भै चुमीदिउँला !!
बगैंचामा भए तिमी भमरा भै घुमिदिउंला !
घुम्दै जाँदा यो मन मिले मायाँको जाल बुनिदिउंला !!

जहाँ गए नि तिम्रै सामु आवाज बनि आईदिउँला !
त्यहि आवाजमा बिरही यो मनको बह गायीदिउँला !!

फुल जस्तै फुले तिमी सुगन्ध भै बास्ना दिउँला !
मग्मगाउने फुलसरि जीवनभरी संगै जीउँला !!
हावासरी उडे तिमी पहाड बनि छेकिदिउँला !
पबित्र यो हृदयमा अनमोल मायाँ लेखिदिउंला !!! प्रिय सानु तिम्रै नाम लेखिदिउंला !!!! तिम्रै नाम लेखिदिउंला !!!! 


सोमु एवाईछा बान्तवा राई पाँचथर नेपाल 
हाल :- युएई 

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai