Skip to main content
" आकृति भई आउँछौ तिमी "
गीत

आकृति भई आउँछौ तिमी आँखा वरीपरी !
क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!

झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ !
तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !!
शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ !
छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!!

आकृति भई आउँछौ तिमी आँखा वरीपरी !
क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!

सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी !
मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !!
कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी 

समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!!

आकृति भई आउँछौ तिमी आँखा वरीपरी !
क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!!


सोमु बान्तवा एवाईछा राई पाँचथर नेपाल
हाल :- युएई 

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai