Skip to main content
सैयौं पाछा एउटै राई किराँत हाम्रो धर्म !
हजार भाषा भेष-भुषा एउटै हाम्रो मर्म !! 

पारुहाङका सन्तान हामी सुम्निमाको पुत्र !
तिन चुल्हामा साक्षि छ है मुन्धुम हाम्रो शुत्र !!
उभौली र उधौलीमा गर्छौं भूमिपूजा !
घंकाउँछौं सिली नाँच्दै झ्याम्टा ढोल बाजा !!

सैयौं पाछा एउटै राई किराँत हाम्रो धर्म !
हजार भाषा भेष-भुषा एउटै हाम्रो मर्म !!

रिसियामा मुन्धुम गाउँदै नाक्छोङ् नांची आउँछ !
यहि विधिमा पितृदेव पारुहाङ रमाउँछ !!
त्यसैले त प्राकृति यो धर्ति जगमगाउंछ !
सुन्दर शान्त स्पर्शले जगत मग्मगाउँछ !!!

सैयौं पाछा एउटै राई किराँत हाम्रो धर्म !
हजार भाषा भेष-भुषा एउटै हाम्रो मर्म !!


सोमु बान्तवा राई पांचथर नेपाल
हाल :- अल-ऐन युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई