Skip to main content
" तिम्रै नामको हजार फुल "

सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ !
तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! 

तिम्रै यादको संसारमा सारा लक्ष मोडीदिन्छ !
कता-कता यो मुटु नि तिमीभित्र जोडी दिन्छ !!
कल्पनाको सारा मोड तिमिभित्रै भुलीदिन्छ !
सप्तरंगी फ़ुल बनि मुटुभित्रै फुलीदिन्छ !!

सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ !
तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!

त्यहींभित्र तिमीलाई फेरी यो आँखाले हेरिरहन्छ !
फ़नन फन्को मार्दै त्यो मायाँले बेरिरहंछ !!
त्यसैले त आफ्नै जीवन तिमिभित्रै भुलीदिन्छ
जगमगाउने सुवासिलो फुल बनि फुलीदिन्छ !!

सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ !
तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :-अल-ऐन युएई

Comments

Popular posts from this blog

Kirat Rai

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम

Kirat Rai Awai