Skip to main content
उठ जाग देशभक्ति एकता नै हो हाम्रो शक्ति !
सार्बभौम र समानताको खोजौं अब नयाँ मुक्ति !!

हुन्न यहाँ चुप भै बसेर एक भै उठौं कम्मर कसेर !
गुमेका ति पहिचान खोज्नलाई समानताको मुक्ति रोज्नलाई !!
साझा घर हो यो देश हाम्रो गौरवता छ सगरमाथा कुम्भकर्णको !
फुलबारी हो हामी सबैको सारा जाति सबै बर्णको !!

उठ जाग देशभक्ति एकता नै हो हाम्रो शक्ति !
सार्बभौम र समानताको खोजौं अब नयाँ मुक्ति !!

हराभरा सुन्दर प्राकृति झल्काउनुछ सबको संस्कृति !
रुपान्तरण नयाँ भर्षणलाई फ्युजन गराई मार्गदर्शनलाई !!
जुटौं अब सबै एकजुट भै दासताको अन्त्य गर्नलाई !
ज्यानै त्यागौं समानताको नयाँ इतिहास कोर्नालाई !!

उठ जाग देशभक्ति एकता नै हो हाम्रो शक्ति !
सार्बभौम र समानताको खोजौं अब नयाँ मुक्ति !!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल : अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई