Skip to main content
" तिम्रै यादमा "

तिम्रै यादमा टोलाईरहें सुसेलीले बोलाईरहें !
तिम्रो मिठो मुस्कानले छोयो मेरो कोमल मुटु !!
थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!!

बतासको बहेली झैं तिमीभित्रै बहिरहें !
अनमोल तिम्रो स्पर्श नै सदाबहार पाईरहें !!
जनम-जनम संगै जीउने कसम अनि मैले खाएँ !
थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!!

साथ तिम्रो नपाएमा बिषको आँशु पिउँला !
यो जन्मलाई त्यागी फेरी अर्को जन्म लिउँला !!
मिल्ने नै छ तिम्रो साथ अर्को जन्म पाए !
थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- अल-ऐन युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई