Skip to main content
-: कल्पनाको सुन्दर संसार :-

केवल तिम्रै सम्झनामा समर्पण दुई शब्दहरु सम्प्रेषण गर्दैछु ! केवल स्वीकार्नु है ! जो छौ यी मेरा अदृश्य मुटुभित्र !!! प्रिय सानु !!!

" गित "

हाँसे पनि गितै बन्छ रोए पनि गितै !
जति टाडा जीवन भए यो मन तिमीसितै !

सम्झनाले सताउँदा मुटु छामी रुन्छु !
नियाँलेर हर्दा त्यहाँ तिमीसंगै हुन्छु !
होइन रहेछ बास्तबिकता कल्पना पो रहेछ !
यथार्थमा फर्कंदा त झसंग पो हुन्छु !!

हाँसे पनि गितै बन्छ रोए पनि गितै !
जति टाडा जीवन भए यो मन तिमीसितै !

तिम्रो यादमा कल्पी-कल्पी कतिदिन बस्नु !
चांडै आउंछु तिम्रो साथमा रुन अनि हाँस्नु !
अनमोल मायाँ मुटुभित्र संधैभरी साँच्नु !
आकृतिका फोटोहरु मुटुमाँझ टाँस्नु!

हाँसे पनि गितै बन्छ रोए पनि गितै !
जति टाडा जीवन भए यो मन तिमीसितै !!!!!!!!!!

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल : अल-ऐन यूएई

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai