Skip to main content
" सप्तरंगी किरण "


सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु !
सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !!

तिम्रो दिलको भाव बोकी गित बनाई गाउँछु !
मुटु जोडी तिमीसितै साँचो मायाँ लाउँछु -सानु साँचो मायाँ लाउँछु !!
हरेक पलको कल्पनामा तिमीलाई नै पाउँछु !
कुरीराख्नु सपनीमा तिम्लाई भेट्न आउँछु !! -तिम्लाई भेट्न आउँछु !!

सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु !
सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !!

उडिरहन्छौ बादल बनि वरिपरी सानु !
यो मायाँलाई टप्प टिपी तिमीसितै लानु !!-सानु तिमीसितै लानु !!
दुई दिन जिउने जिन्दगीमा साँचो मायाँ लाउँछु !
कल्पनाको संसारभित्र तिमीलाई नै पाउँछु - सानु तिमीलाई नै पाउँछु !!!!

सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु !
सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !- सानु तिम्लाई भेट्न आउँछु !!!

उही :- तिम्रो बिरही
सोमु

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई